एजेन्सी –
रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ।
रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपालका राजकुमार रोक्काको रुसी सेनामा कार्यरत रहेकै अवस्थामा ज्यान गुमेको पुष्टि गरेका छन्।
मस्कोस्थित नेपाली दूतावासले रोक्काबारे विस्तृत विवरण संकलन गरिरहेको पनि राजदूत तुलाधरले जानकारी दिएका छन्।
यसबारे विस्तृत विवरण संकलन भइसकेपछि सार्वजनिक रुपमा जानकारी गराउने दूतावासले बताएको छ।