एजेन्सी –
भारतको छत्तीसगढमा माओवादी प्रभावित नारायणपुर जिल्लामा संदिग्ध माओवादीहरूले भाजपा नेताको हत्या गरेका छन् । बस्तर प्रहरीका अजुसार शनिबार बिहान करिब ११ बजे, छोटेडोंगर क्षेत्रअन्तर्गत मुन्डटिकारा निवासी कोमल माँझीलाई माओवादीहरूले ‘दलाली’ को आरोपमा बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।
घटनास्थलमा एउटा पर्चा फेला परेको छ, जसमा आमदेई फलाम खानीमा माँझीको भूमिकाबारे उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ । साथै स्थानीय पुलिस र आईटीबीपीका जवानहरूले पनि क्षेत्रमा खोजी अभियान सुरु गरेका छन् ।
यसअघि माओवादीले फलाम खानीमा भाजपा नेताको भूमिकाको बारेमा चेतावनी जारी गरेको थियो।
यस वर्षको फेब्रुअरीमा माओवादीले छोटेडोंगरमा भाजपाका जिल्ला उपाध्यक्ष सागर साहुको हत्या गरेका थिए। यसबाहेक भाजपाका अन्य दुई नेताको पनि माओवादीले हत्या गरेको थियो ।