एजेन्सी –
हमासले कैदी रिहा गर्न इजरायमाथि हमासले दबाब दिएको छ । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने चेतावनी दिएको हो ।
हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।
बदलामा इजरायलले हमासबिरूद्ध चलाएको कारबाहीमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ भने करिब १८ हजार जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले गाजा पट्टीमा गरेको आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको र इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले सोमबार जनाएको हो ।
हमासले आइतबार चेतावनी दिँदै भनेको छ, ‘इजरायलले आफ्ना कैदीहरूलाई आदानप्रदान र वार्ता बिना जीवितै प्राप्त गर्ने सम्भावना रहने छैन ।’ इजरायलले गाजामा अझै पनि १३७ जना बन्धक रहेको बताएको छ भने अधिकारकर्मीहरूले करिब सात हजार प्यालेस्टिनी इजरायली जेलमा रहेको बताएका छन् ।
महिनौँदेखिको भीषण बमबारी र झडपका कारण गाजाको स्वास्थ्य प्रणालीमा व्यापक प्रभावपरेको छ । अधिकांश अस्पतालहरू सञ्चालनमा छैनन् र करिब २० लाख मानिस विस्थापित भएका छन् ।