बाँके –
बाँके जुडो संघकाे अध्यक्षमा पदम बुढाथोकी चयन भएका छन् । बुधबार बाँके जिल्ला खेलकुद विकास समितिको कार्यालय सम्पन्न बाँके जुडो संघकाे तेस्रो वार्षिक साधारण सभाले पदम बुढा थोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
जुडो संघका केन्द्रीय सदस्य पवन कुमार वैश्यकाे प्रमुख आथित्य र बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिप जंग शाहकाे अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षमा बुढा थोकीसहित ८ जनाको कार्यसमिति चयन गरेको छ ।
सभाले उपाध्यक्षमा नकुल खत्री, सचिवमा शिवकुमार बर्मा र कोषाध्यक्षमा इन्द्रा थापालाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा विजय कुमार गुरुङ, रिमा कुमारी थापा, निर्मला कुंवर र सरित धोबीलाई सभाले चयन गरेको छ ।