बाँके –
१४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनुसन्धान समितिले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहितका केही कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। २१ मंसिरको राति दुबईबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेसहित दुई जना व्यक्ति १४ किलो सुनसहित पक्राउ परेका थिए।
पक्राउ परेका घलेले अध्यागमनको ‘वाकथ्रु गेट’मा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रूपमा बाहिर निकाल्ने योजनासहित आएको बताएका थिए। सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो। सो समितिले अनुसन्धानका लागि विमानस्थलका कार्यालय सहयोगी सुशीला पाण्डेसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।