बाँके –
निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई चुनाव चिह्न दिन लागेको हो ।
आयोगका अनुसार आयोगमा १२ वटा दल दर्ता भएको छ। चुनावका लागि सातवटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गर्ने तयारीसमेत भइरहेको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ। राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुन्छ। राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार प्रक्रिया अगाडि बढाइएको हो ।