एजेन्सी –
बंगलादेशलले पहिलो पटक एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली यूएईमाथि १९५ रनको फराकिलो जित निकाल्दै बंगलादेशले पहिलो उपाधि जितेको हो ।
दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २८३ रको लक्ष्य पछ्याएको यूएई २४.५ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । पहिलो पटक यू–१९ एसिया कपको फाइनल पुगेको यूएई बंगलादेशको बलियो बलिङसामु धेरै टिक्न सकेन ।
यूएईका लागि ध्रुव परासरले सर्वाधिक २५ रनको पारी खेले । उनले ४० बलमा २ चौका प्रहार गर्दै अविजित रहे । ओपनर अक्शद रायले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशका लागि मरुफ मिर्धा र रोहानत बोरसोनले समान ३–३ विकेट लिए । इकाबल र जिवोनले २–२ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याटर आशिकुर शिब्लीले उत्कृष्ट १२९ रनको शतकीय पारी खेले । उनले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गरेका हुन् ।
चोभुर रिजवानले ६०, तथा अरिफुल इस्लामले ५० रनको अर्धशतकीय पारी खेले । कप्तान महफुजुर रवीले २१ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।