बाँके –
बाँकेको नेपालगञ्जमा रहेको टकसार बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा ईश्वरप्रसाद पोखरेल सर्वसम्मत चएन भएका छन् । आज सम्पन्न टकसारको १४औं वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्ष पदका लागि सर्वसम्मत चएन गरेको हो ।
त्यस्तै सभाबाट उपाध्यक्षमा चिरञ्जीवी वली, सचिवमा महेश्वर जोशी र कोषाध्यक्षमा भानुभक्त रेग्मी सर्वसम्मत चएन भएका छन् ।
साथै सदस्यमा डम्बरबहादुर चन्द, प्रमोदकुमार गुप्ता र बसन्ती रोकाय चएन भए भने लेखा तथा सुपरिवेक्षण समितिकाे संयोजक निर्मलकुमार उपाध्याय र सदस्यमा लोकराज देवकोटा र झसिन्द्रा खत्री चएन भएका छन् ।
यसैगरी सभामा संस्थाकाे व्यवसायिक वृद्धि विकासका लागि विभिन्न बिधामा कदर पत्र, सम्मान पत्र प्रदान गरिएको थियो गरेकाे छ ।