बाँके –
राजापुर–गेरुवा–भौंरा टप्पा मञ्च, बाँकेद्वारा आज गरिएको रक्तदानमा ३० जनाले रक्तदान गरेका छन् । राजापुर क्षेत्रमा जन्मेर बाँकेमा विभिन्न पेशा, व्यवसाय र सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरुको साझा संस्थाका रुपमा संगठित मञ्चले भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरेको हो ।
मञ्चका अध्यक्ष वीरेन्द्र श्रेष्ठले राजापुरकी चेली निशा पुरि थापा र नैना ज्ञवाली चपागागाइलाई रक्त ब्याग हस्तान्तरण गरेर रक्तदान शुभारम्भ गरेका थिए । मञ्चका सल्लाहकार कृष्णजङ शाह, कृष्ण जैशी, चक्रबन्धु शर्मा, चन्द्र गुरुङ, रक्त सन्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलगायतको उपस्थितिमा गरिएको रक्तदानमा ३० जनाले रक्तदान गरेका हुन् । उपचारका क्रममा रगत अभावले समस्या ब्यहोर्नु नपरोस् भन्ने हेतुले राजापुरबासीलाई प्राथमिकतामा राखेर रक्तदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।