दाङ –
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एउटा मन्त्रालय थप्ने भएका छन् । माओवादीसँग भएको पूर्ववत् सहमति कार्यान्वयन गर्न प्रदेशमा एउटा मन्त्रालय थप्ने अन्तिम निर्णय लिएको हो ।
मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउन उनले मन्त्रालय फुटाइसकेका छन् । आइतबार कांग्रेसबाट एक र माओवादीबाट एक मन्त्री सरकारमा भित्राउँदा यो प्रदेश सरकार ९ सदस्यीय बनेको छ । १० सदस्यीय रहेको यो प्रदेश सरकारमा एउटा मन्त्रालय थप्ने नियतले मुख्यमन्त्री चौधरीले मन्त्रालय फोडिसकेका छन् ।