बर्दिया –
गुलरिया नगरपालिकामा जग्गाधनी पुर्जाको निस्सा वितरण कार्यको सुरुवात गरिएको छ । पालिकामा पहिलोपटक वडा नम्बर ५ को बालापुर गाँउबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण कार्यको सुरुवात गरिएको हो ।
गुलरिया नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव र वडा अध्यक्ष मुमबहादुर मल्लले संयूक्तरुपमा निस्सा वितरण गरेका छन् । वाडा नम्बर ५ मा रहेका ३ सय ३२ जना अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको वडा नम्बर ५ का वडाध्यक्ष मल्लले जानकारी दिए ।
उक्त वडामा अव्यवस्थित बसोवासी ३ सय ३२ जना, भूूमिहिन दलित ४ जना र भूमिहिन सुकुम्बासी ८ जना रहेको वडा कार्यालयले जनाएको छ ।
गुलरिया नगरपालिकामा सबैभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु वडा नम्बर २ र ९ मा रहेको नगरपालिकाले जनाएको छ ।