बाँके –
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बिहीबार पनि फाइनल बहस निरन्तर भएको छ। बिहीबार दिनभर सन्दीप पक्षका कानुनब्यबसायिले बहस गरेका थिए। अब सन्दीप पक्षका दुई वकिलको बहस बाँकी छ।
यसअघि आइतबार र बुधबार जाहेरी पक्षका वकिलले बहस गरेका थिए। अब शुक्रवार लन्च समय अघि सम्भवत सन्दीप पक्षका कानुन ब्यबसायिको बहस सकिने छ।
सन्दीप पक्षबाट अब बरिष्ठ अधिबक्ता रमनकुमार श्रेष्ठ र सरोज घिमीरेको बहस बाँकी रहेको छ। शुक्रबार बहस सकिएपछि जाहेरी कर्ताका वकिलले जवाफि बहस गर्ने छन्। त्यसपछि न्यायाधिशले अन्तिम फैसला सुनाउने छन्। काठमाडौं जिल्ला अदालतमा लामो समयदेखी मुद्दा विचाराधिन रहँदा फाइनल बहस भने न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको हो।
यसअघि गत २३ कात्तिकमा न्यायाधिश केशव घिमीरेको इजलासले दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश। दिएका थिए। त्यसपछि दुबै पक्षले बहस नोट फाइल गरेपछि दोस्रो पटक पेशीमा मुद्दाको फाइनल बहस सुरु भएको हो।
यसअघि २४ मंसिरमा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाइ पहिलो नम्बरमानै रहेको भएपनि सन्दीपका कानुन ब्यबसायीले बार एसोसिएसनको सम्मेलनका कारण देखाएर मुद्दा स्थगित गरेका भएपनि दोस्रो पटक गत ८ पुसमा न्यायाधीश शिशिरराज ढकालले इजलासमा, पहिलो नम्बरमै पेशी परेसँगै फाइनल बहस सुरु भएर आज तेस्रो दिनको बहस सकिएसँगै चौंथो दिनपनि जारी रहने छ।