दाङ–
बुटवल उपमहानगरपालिकाले आजदेखि सार्वजनिक क्षेत्रमा बनाइएका घर–टहरा हटाउन सुरु गरेको छ । सडक किनार, नालीमाथिका कल्भर्टलगायत सार्वजनिक स्थलमा बनाइएका संरचनाहरू उपमहानगरले भत्काउन थालेको हो ।
आइतबार बुटवल उपमहानगरपालिका– ५, हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काएको छ । बुटवल उपमहानगरपालिका अनुसार सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटकपटक पत्राचार गरे पनि अटेर गरेपछि आइतबार र्इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा टहरा हटाएको हो ।
यस्तै नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरू हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको जनाइएको छ ।