एजेन्सी –
इटालीको टुरिन सहरमा बस्ने भेलेरियो मिनाटो नामका एकजना फोटोग्राफरले ७ वर्ष लगाएर एउटा फोटो खिचेका छन् । जो अहिले धेरै नै चर्चामा रहेको छ ।
मिनाटोले सर्वाधिक चर्चित दुईवटा ल्याण्डमार्कसँग पूर्णरुपमा आबद्ध भएको चन्द्रमाको एक तस्वीर आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् ।
तस्वीरमा बेसिलिका अफ सुपरगाको गुम्बजका साथै विशाल मोनविसो पहाडको ठ्याक्कै पछाडि चन्द्रमा देखिन्छ । यो यति सुन्दर र अनौठो दृश्य छ कि उनको तस्वीरलाई नासाले समेत सम्मानित गरेको छ ।
मिनाटोले चन्द्रमाको यो तस्वीर खिच्ने जटिल प्रक्रिया बुझ्नका लागि सन् २०१७ देखि चन्द्रमाको दृश्यका साथै क्षितिजमा गर्ने वारपार तथा मौसमको हलचलको समेत अधययन गरे । उनको सपना प्रायः टुरिनको आकासमा लाग्ने बादलले छोपिदिन्थ्यो । तर उनले कहिल्यै पनि हिम्मत हारेनन् ।
अन्ततः गत डिसेम्बर १५ को बेलुकी ७ बजेको समय आयो र मिनाटोको दृढता र मेहेनत साकार भयो । आकाश सफा भयो र चन्द्रमा ठ्याक्कै त्यस्तो अवस्थामा देखियो जसलाई उनले लामो समयदेखि पर्खिरहेका थिए । आफ्नो क्यामरालार्य तयराी हालमा राखेका मिनाटोले त्यो पलको लाभ उठाए र लाखौंमा एक शटलाई क्यामरामा कैद गरे । जसमा करिब ४ लाख जनाले मन परेको प्रतिक्रिया जनाएका छन् ।