बाँके –
भैरहवा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णाली प्रदेशविरुद्ध सुदूरपश्चिमका तीन खेलाडीको अर्धशतकमा सुदूरपश्चिमले कर्णालीलार्य १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रनको बलियो योगफल बनाएको थियो । जसका लागि ओपनर खडक बोहराले ६ चौकाको मद्यतले १ सय १४ बलको सामना गर्दै सर्वाधिक ८० रनको बनाउँदा अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोडे ।
जवाफी ब्याटिङ गरेको कर्णाली ३७ दशमलब २ ओभरमा अलआउट हुँदै १ सय ४३ रनमै समेटियो । कर्णालीका लागि दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच भए ।