बाँके –
नेपालगन्जका फुटाहा सडक र पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएका छन् । नेपालगन्ज उप–महानगरपालिका – १९, फुटाहादेखि एसके डेरी उद्योगसम्म ३ सय ७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५ सय ५० मिटर लामो र ८ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएका हुन् ।
यी दुवै सडक स्तरोन्नति कार्यको आज (बुधबार) नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका हुन् ।
फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगन्जको संयुक्त लागतमा पीच हुन लागेको हो । ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासंगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिए ।
नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङ ल्हामु मार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले दिए ।