दाङ –
नेपाली सांगितिक क्षेत्रका चर्चित गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मासँग गरेको साक्षात्कार कार्यक्रममा उनले शर्माले विशेषगरी लोक गित र संगितमा मौलिकता हराउँदै गएको बताएका हुन् ।
चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गायक शर्माले पछिल्लो समय छोटो समयमा नै चर्चामा आउने उद्देश्यले गितमा अपाच्य शब्द प्रयोग गर्दा यसले समाजमा विकृति फैलाउँदै गएको बताएका छन् । ‘अपाच्य शब्द र भद्दा दृश्यका कारण पाएको चर्चा धेरै नटिक्ने भन्दै गित संगितमा स्थापित हुन शब्दमा मौलिकता र सृजनसिलता हुनु पर्छ,’ उनले भने, ‘मैले गायन यात्रा सुरु गर्दा सुख दु:ख र वेदनाका गितहरुमा मौलिकता झल्कन्थ्यो, अहिले हराउँदै गएको महसुस भएको छ ।’
साथै गायक पुस्कल शर्माले हाल लोक गित संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने बताउँदै गीत संगितसँगै आफ्नो रुचि चलचित्रमा समेत भएकोले आफूलाई उपयुक्त लागेको कथावस्तु भएको चलचित्रबाट अफर आए अब अभिनेताको भुमिकामा समेत देखिने बताए
हालसम्म केही चलचित्रबाट अफर आए पनि आफुलाई कथावस्तु मन नपरेका कारण अघि नबढेको उनले बताए ।