बाँके –
नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली काँगे्रस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि एक दिने पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको कांग्रेस बाँकेले ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीतिअनुरुप आज शुकरबारबाट प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको हो ।
नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डले बिरुवामा पानी हालेर प्रशिक्षणको शुभारम्भ गरेका हुन् । सहमहामन्त्री पाण्डेले लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायको लडाईमा काँगे्रसको सुनौलो इतिहास रहेको उल्लेख गर्दै कांग्रेस कार्यकर्ता पनि पार्टीको वैचारिक सिद्धान्तसँगै सामयिक सवालमा पनि अपडेट र सचेत हुन जुरुरी रहेको बताए । उनले कांग्रेसको इतिहास लगायत विविध पाटोका साथै पार्टी सुदृढीकरणका आयामबारे प्रशिक्षण दिएका थिए ।
यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले, नेपाली कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधी शर्माले नेपाली कांग्रेस प्रजातन्त्र र समाजवाद, तिर्थ पौडेलेले जन सरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
नेपाली कांग्रेस नगर सभापति विरेन्द्र शाहले स्वागत गर्नु भएको कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपाल प्रसाद अधिकारीले गरे ।
पालिका र वडा तहका विभिन्न पदाधिकारी सहभागी प्रशिक्षार्थीलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । थप पालिकाहरुमा पनि लगातार प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिए ।
प्रशिक्षण शाखा सचिव थापामगरका आज राप्ती सोनारीमा प्रशिक्षण दिइने छ ।