बाँके –
नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवमा दर्शकको सहभागिता बढेको छ ।
चौथो दिन शुक्रबार भएका कारण महोत्सवममा दर्शकको अन्यदिन भन्दा उत्साहपूर्ण सहभागिता भएको आयोजकले जनाएको छ ।
यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो । दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुतीमा रम्न दर्शकको संख्या बढ्दै गएको हो ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले भोलीदेखि लगातार विदा पर्न गएकोले दर्शकको उपस्थिती झनै बढेर जाने बताइन् ।
‘मेहनत सृजना उत्पादन र वस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा शुक्रबार टंक तिमिल्सिना, एमटी महर, सृजना खत्री र करिश्मा ढकालको प्रस्तुतीमा दर्शकहरु झुमे ।
राती ८ बजेसम्म चल्ने महोत्सवको सांगातिक कार्यक्रममा डिजे लाईट र दमदमार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्र्सट आयोजना गरिएको छ ।
शनिबार लोक तथा दोहोरी गायिका टिका पुन, ¥यापर टोङ र डान्सर आरुषी मगरसहित स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने प्रचारप्रसार संयोजक इन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।
साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।