बटवल –
बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उम–महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरेका हुन् ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले पत्रकारले सरकारलाई खरबदारी गर्नुपर्ने र नराम्रा पक्षहरु उठान गरिदिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका संयोजक निर्मल जिसीले पत्रकारिताको मिसन र आचारसंहितामा रही समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले पत्रकारिताको मर्म र मर्यादालाई ख्याल गनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्र्रीय उपमहासचिव यानेन्द्र जिसी, प्रदेश अध्यक्ष मानसिंह विक, अग्रज पत्रकार मदनलाल पौडेल लगायतले बोलेका थिए ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित तालिम ७ दिनसम्म संचालन हुने प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष बिष्णु पोखरेल जानकारी दिए ।
तालिममा विभिन्न संचार माध्यममा आवद्ध ३० जना पत्रकार सहभागी छ ।