बाँके –
यहि चैत २६ गतेदेखि चितवनमा ‘प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८०’ संंचालन भई रहेको छ । तर उक्त खेलमा खेल प्रतियोगिता नियामवलीबीना नै खेल संचालन भएको पाइएको छ ।
बागमती प्र्रदेशले बखान स्मृति रंगशाला, शारदानगर, भरतपुरमा अयोजना गरेको अन्तर प्रदेश खेलकुदमा सम्बन्धीत प्रदेशका मात्र खेलाडी खेल्न पाइने भएता पनि अधिकांश बाहिरी खेलाडी खेलाइएको पाइएको हो ।
आज सम्पन्न लुम्बिनी र कर्णाली प्रदेशबीचको खेलमा कर्णाली प्रदेशका अधिकांश खेलाडी सुदूरपश्चिम प्रदेशको रहेको लुम्बिनी प्रदेश प्रशिक्षक जनक केशीले बताएका छन् । ‘यस्तो पनि हुन्छ । अन्तर प्रदेश खेलकुद भन्ने अनि भएभरका बाहिरबाट खेलाडी हाल्ने । यो त सरासर आयोजकको गल्ती हो,’ प्रशिक्षक केसीले भने ।
यो समाचार तयार पर्दासम्म लुम्बिनी प्रदेश टिम व्यवस्थापक केशव चौधरीले कर्णाली प्रदेशविरुद्ध ‘पोटास्’ हाल्ने तयारी भई रहेको जनाए । चौधरीका अनुसार लुम्बिनी प्रदेशविरुद्धको खेलमा कर्णाली प्रदेशले ९ जना सुदूरपश्चिमका खेलाडीहरु मैदानमा उतारेको हो।
लुम्बिनीविरुद्ध कर्णली प्रदेशबाट सुदूरपश्चिम प्रदेशका ५ नम्बर जर्र्सीमा सृृजना बटला, २२ नम्बर जर्र्सीमा लिला जोशी, १३ नम्बर जर्सीमा तुलसा बोहोरा, १२ नम्बर जर्सीमा भूमिका बुढाथोकी, ७ नम्बर जर्सीमा हेमा रावत, १४ नम्बर जर्सीमा लक्ष्मी भाट, ११ नम्बर जर्सीमा सिरांगी स्नेही, १६ नम्बर जर्सीमा निर्मला आचार्य र ३ नम्बर जर्सीमा सीता रोकाया रहेका छन् ।
लुम्बिनी र कर्णाली प्रदेशबीचको खेल भने फिफा रेर्फी त्रिभुवन आर्मी क्लबकी अन्जना राईले खेलाएकी थिइन् ।