बाँके –
बाँकेको खजुरा गाउँपालिकाले विकास निर्माणको काम छिटो छरीतो रुपमा सम्पन्न गर्न जेसिबी खरिद गरेको छ । खजुरा गाउँपालिकाभित्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि , मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरिद गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक(तुफान ) ले बताए छन ।
स्थानीय सरकारलाई बिकास निर्माणको काम गर्ने सवारी साधन हुँदा सहज हुने गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत बस बहादुर रानाले बताए ।
चालू आर्थिक वर्षको ४४ लाख ९८ हजार रुपैयाँमा जेसिवी खरिद गरिएको गाउँपालिकाले जनाएको छ। जेसीबी खरिदपछि पालिकाअन्तर्गतका सडक अवरुद्ध भएमा सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।