बाँके –
बाँकेको नेपालगन्जमा बैशाख ३ गते निःशुल्क फिल्म फेष्टिवल आयोजना हुँदैछ । नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले पहिलोपटक नेपालगञ्जमा फिल्म फेष्टवल आयोजना गर्ने भएको हो ।
महोत्सव वैशाख ३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म सर्खेत रोडमा मा रहेको बाटिका होटलमा आयोजना हुने छ । महोत्सवमा ४ वटा लघु नेपाली चलचित्र र ३ वटा प्रोपेली चलचित्र प्रदर्शन गरिने छ । यसका अवाला वैशाख ४ गते विहान ११ देखि १ बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिने छ भने युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेद्वारा नेपाल–युरोपियन युनियनको दौत्यसम्बन्ध र विकास सहकार्यबारे नेपालगञ्ज बहुमुखी क्याम्पसमा विहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म व्याख्यान गर्ने कार्यक्रम रहेको छ ।
यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५० वर्ष भएकाले यस वर्षको चलचित्र महोत्सवको मूल नारा ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ मूल नारा रहेको छ ।
महोत्सवमा ९ वटा युरोपियन चलचित्रहरु र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो जसमा ५२ वटा लघुचलचित्र समावेश भएका थिए । ती ५२ मध्येवाट १२ वटा लघुचलचित्र महोत्सवका लागि छनौट गरिएको थियो ।