बाँके –
कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खे’को शुभ मुहुर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा आज (मंगलबार) चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् ।
शुभ मुहुर्तसँँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई चलचित्रमा देखाइएको बताए ।
नायक सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भन्दै यस चलचित्रमा पनि केही फरक देख्न सकिने बताए ।
चलचित्रमा सौगात र लक्ष्मीसँँगै सृष्टि श्रेष्ठ, वुद्धि तामाङलगायतको पनि मूख्य भूमिका छ । लामिछाने र विशाला ताम्राकारको निर्माण रहेको चलचित्रमा अमर महर्जनको छायांकन रहनेछ।
द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रको अधिकांश छायांकन लमजुङक भुजुङ गाउँमा हुनेछ । साथै गोरखा र चितवनमा पनि छायांकन हुने निर्देशक निगम श्रेष्ठले बताए ।