एजेन्सी –
कश्मीरको पाकिस्तान प्रशासित क्षेत्रमा मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमा मर्नेको सङ्ख्या ४ पुगेको छ । हिंसात्मक प्रदर्शनमा अन्य सय जना घाइते भएको बताइएको छ ।
शुक्रबारयता पिठो र बिजुलीको भाउमा भएको वृद्धिको विरोधमा भइरहेको प्रदर्शनमा हजारौँ मानिस सडकमा छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले २४ अर्ब रुपैयाँ बराबरको सहुलियतको घोषणा गरेपछि मंगलबार प्रर्दशनकारीहरुले विरोध प्रदर्शन बन्द गरेका छन् । सरकारले सबै माग स्वीकार गरेको बताइएको छ ।
प्रदर्शनका क्रममा मर्नेको परिवारका लागि सरकारले क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरूले गरेका छन् ।