खजुरा –
बाँकेको खजुरा गाउँपालिका वडा नम्ब्र ३ ले निर्माण गरेको वृत्तचित्र र प्रकाशन गरेको वडाको स्मारिकाको विमोचन गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, वडा नम्ब्र३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीलगायतले मंगलबार ३ नम्बर वडाको वृत्तचित्र र स्मारिकाको विमोचन गरेका हुन् ।
क्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिकले वडाले राम्रो कामको सुरूवात गरेको बताए । तयार भएको वृत्तचित्र र स्मारिकाले वडाको गतिविधिको तथ्यंगत प्रमाण हुने बताउँदै उनले कुन टोलमा के कति काम भएको भन्ने कुराको विवरणको दस्तावेज हुने बताए ।
यस्ता कार्यले वडाको कार्यलाई सम्पूर्ण जनतालाई प्रमाणका रूपमा प्रस्तुुत गर्न सकिने भएकाले यसको निरन्तरता दिन पनि वडालाई उनले सुझाव दिए । ‘यस्तो कार्यको निरन्तरता हुनु राम्रो अभ्यास हुन्छ,’ अध्यक्ष बिकले भने, ‘ आफ्नो कार्यकालभरीको दस्तावेजलाई एकत्रित गरिँदा नेतृत्व अवधिको काम देखाउन सजिलो हुन्छ।’
गाउँपालिका अध्यक्ष बिकले वडा नम्ब्र ३ खजुराको विकासको मूल भएको भन्दै यहाँका स्थानीय मिलेर नै खजुरालाई नमुना बनाउने कार्यमा लाग्नुपर्ने कुरामा जोड दिए । पालिका पनि खजुराको विकासका लागि लागिपरेको अध्यक्ष बिकले स्पष्ट पारे ।
वडा अध्यक्ष भण्डारीले वडाले गरेको कामलाई दस्तावेजीकरण गर्न एउटा प्रयास शुरू गरेको बताए । उनले खजुराको मुटु यो वडा भएकाले हाम्रो प्रयासमा पालिकाले नियमित सहयोग गर्न अनुराध गरे ।
वडामार्फत निर्माण भएको वृत्तचित्रमा वडाका सबै विषयवस्तुलाई समावेश गरिएको छ भने समारिकामा समेत भएका उत्कृष्ट कार्य, आगामी योजना र वडाको सपना, लक्ष्य समेटिएको छ ।
विमोचन कार्यक्रममा वडा सदस्यहरू देउमाया थापा, सुमित्रा बिश्वकर्मा, ईन्द्रबहादुर राना, मित्रबहादुर थापा, वडा सचिव यूवराज आचार्य र विभिन्न पार्टीका वडा कमिटीका सभापतिहरूको उपस्थिति रहेको थियो ।