बाँके –
बाँकेमा सिमान्तकृत तथा अल्पसंख्यक समुदायको लागि जिल्लास्तरीय समन्वय मञ्च बाँके गठन गरिएको छ । बिहीबार कमिट नेपाल बाँकेको आयोजनामा कमिट नेपालको सहजीकरणमा मञ्च गठन गरिएको हो ।
जिल्ला भित्रका सिमान्तकृत तथा अल्पसंख्यक समुदायको सवालहरुमा वकालत गर्न तथा पैरवी गर्नका लागि मञ्चको आवश्यक्ता रहेको कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले आफ्नो प्रस्तुतीमा बताएका थिए ।
अधिकार, सामाजिक न्याय, सशक्तिकरण तथा रुपान्तरणकालागि सामुदायिक अभियान भन्ने उद्देश्यका साथ मञ्चको गठन गरिएको हो । गठन गरिएको मञ्चमा १९ सदस्य रहेका छन् । जसमा जिल्लामा रहेर सिमान्तकृत तथा अल्पसंख्यक समुदायको सवालमा रहेर काम गर्दै आएका व्यक्तिहरुको सहभागीता रहेको छ ।
बुद्ध सुनारको संयोजकत्वमा गठन भएको मञ्चमा रामु चिडिमार, मोहनलाल सोनकर, मैमुना सिद्दिकी, परिना चौधरी, मन्जु नेपाली, भिम नेपाली, सावित्री बिश्वकर्मा, रेखा गुप्ता, रविन्द्र कर्ण, प्रकास नेपाली, सुर्यलाल यादव, रेशम परियार, टिका कुमारी वि.क., जगदिश वाल्मिकी, हेमदास परियार, कुल प्रसाद शर्मा, कुसुम वैगार र पुनम वादी सदस्यमा रहेका छन् ।
यस मञ्चले लक्षित समुदायको लागि वकालत पैरवी गर्ने, सशक्तिकरण, सचेतीकरण समावेशीता र सहभागीता कायम, समुदायको विकास र परिवर्तन, अधिकार र न्यायको संरक्षण, नीति निर्माणमा सहयोग र समन्वय र सहकार्यलगायतका कार्यहरु गर्ने बताइएको थियो ।