बाँके –
बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डमा पर्ने जानकी गाउँपालिका वडा नम्बर ६ मा आज बस दुर्घटना भएको छ । दाङको तुलसिपुरबाट नेपालगन्ज आइरहेको यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
प्रत्यक्ष स्थानीयका अनुसार मोटरसाइकललाई बचाउन खोज्दा भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिएको थियो । सोही बसमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङ जिल्ला तुलसिपुर उपमहानगपलिका वडा नम्बर ७ का ६० वर्षीय मानबहादुर ओली र तुलसिपुर वडा नम्बर ९ का २४ वर्षीय सन्तोष भुषाल रहेका छन् ।
घाइतेहरुको उपचार नेपालगन्जस्थित भेरी अस्पताल र नर्सिङहोममा गरिएको छ ।
घाडी चालकलाई भने प्रहरीको नियन्त्रणमा राखिएको छ ।