विक्रम बुढाक्षेत्री – बाँके
बा तिमीले आजा मलाई किन कानेगोरी बोकेको ।
किनभने नी मभन्दा ठूलो भान्छे बन्लास, मभन्दा परसम्म देख्लास भनेर नी कान्छा
बा तिमीले मलाई कतिसम्म पढाउँछौं ।
त्यति पढाउछु जति पढेपछि तेरो शिर कसैको सामु नझुकोस्…..
आइतबार सार्वजनिक भएको डेड मिनेटको पूर्णबहादुरको सारंगी चलचित्रको टिजरमा रहेको दुईवटा अत्यन्तै मार्मिक डाइलोक हो यो । यो टिजर हेर्ने जो कोहीलाई टिजरमा प्रस्तु्त गरिएको संगीत र डाइलगले यतिधेरै भावुक बनाउँछ कि, आँखाभित्र रहेका आँसु आँखाका डिलमा आएर टक्क अडिन्छन् ।
आज हामीले बुबाको मुख हेर्ने दिनका अवसरमा २३ घण्टा अगाडि सार्वजनि भएको पूर्णबहादुरको चर्चा गर्दैछौं ।
विजय बराल र प्रकाश सपूतको शीर्ष भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को टिजर सार्वजनिक भएलगतै धेरैले यसलाई मन पराएका छन् साथ धेरैले कमेन्ट पनि गरेका छन् । हामीले यो भिडियो तयार पर्दासम्म ४ लाख ५० हजार जतिले यो पूर्णबहादुरको सारंगीको टिजर हेरिसक्नु भएको छ भने करिब ५ सय जनाले कमेन्ट गर्नु भएको छ ।
नेपाली सिनेमाको परिचित्र गर्ने हो भने एक वर्षमा एक दुई वटा यस्ता चलचित्र आउनछन् जसले साच्चिकै दर्शकको मन जित्न र आर्थिक कारोबार पनि राम्रै गरेको हुन्छ । हो त्यस्तै पूर्णबहादुरको सारंगीले पनि दर्शकको मन जिल्त सफल हुन्छ भन्ने कुराको प्रष्टाइ गरेको छ ।
पूर्णबहादुरको सारंगी सार्वजनिक गरिएको सेभेन सिइज सिनेमाले पूर्णबहादुरको सारङ्गी एक बुवाले आफ्नो सन्तानको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो । यही बुवाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै हामीले तमाम बुवाहरूलाई उहाँहरूको सङ्घर्षलाई समर्पित गर्दै हामीले यो सानो टिजर सार्वजकि गरेका छौ भनेर कमेन्टमा उल्लेख गरेको छ ।
त्यसपछिका कमेन्ट हेर्ने हो भने टिजरले नै भाबु कनायो यार, गित त झन साहैं मिठो लाग्यो, धेरै जसो आमाको दुखमा बनेका कथा हेरिएको थियो तर आज बुबाको दुखमा बनेको कथा हेर्न पाइने भयौ, आफ्नो सन्तानलार्य खुशी बनाउन लुकाएका बुबाको कथा निकै मन छोयो, कस्तो मन रुवायो टिजरले जस्ता कमेन्टहरु रहेका छन् ।
पूर्ण बहादुरको सारंगी आगामी कात्तिक १५ गते अर्थात लक्ष्मीपूजाका दिनलाई मिति तय गरिएको छ । फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् ।
बुवाको मुख हेर्ने दिनको छेको पारेर आइतबार सार्वजनिक गरिएको फिल्मको टिजरमा मुख्य पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथा भन्छ । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ ।
एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धि समेटेको छ ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा सरोज पौडेलकै लेखन छ । फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिशा बास्तोला, श्याम केसी, जानवी पौडेल लगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत र हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन छ ।
‘पूर्णबहादुरको सारंगी’लाई नेपाल र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ ।