बाँके –
महिला तथा बाल विकास संस्थाको १७औं बार्षिक साधारण सभा आज बैजनाथमा सम्मन्न भएको छ । महिला तथा बाल विकास संस्थाका उपाध्यक्ष सुर्जलाल थारुको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि बैजनाथ गाउपालिका वडा नं. ३ का अध्यक्ष निखिल बैगार, विभिन्न दलका राजनीतिक प्रतिनिधि, समाजसहरुको उपस्थिति रहेको थियोे ।
महिला तथा बाल विकास संस्थाका प्रमुृख अतिथि निखिल बैगारले संस्थाको ब्यानर बाचन गरेर उत्घाटन गरे । संस्थाका सदस्य शान्ता चोैंधरीले संस्थाको छोटो परिचयसहित आगन्तुक अतिथिहरुलाई स्वागत मन्तब्यबाट आफ्नो परिचयसहित स्वागत गरेन ।
संस्थाको १७ औं बार्षिक साधारण सभा मनाउँदै गर्दा १७ वर्षमा संस्थाले गरेको लक्ष्य , उदेश्य र संस्थाको परिचय तथा संस्थाको परिकल्पना संस्थाका सदस्य हिमलाल चौधरी प्रष्ट पारे ।पिछडिएका तथा विपन्न बर्गका महिला र बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य एवं आर्थिक अवसरमा पहुच पुर्याउने लक्ष्य रहेको उनले बताए ।
अध्यक्ष निखिल बैगारले आय आर्जनमा महिलाको सक्रियता, स्वस्थ र समृद्ध समाजको सिर्जना भन्ने नाराका साथ संचालन भएको उक्त कार्यक्रममा संस्थाले बोकेका परिकल्पना उद्देश्य पुराहोस भन्ने शुभकामना दिदै संस्थासंग स्थानीय सरकार समन्वय गरी साझेदारीमा कार्यक्रम गर्न आह्वान गरे ।