बाँके –
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको भेला आज नेपालगन्जमा आयोजना हुँदैछ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल लुम्बिनी प्रदेशको आयोजनामा देशभरका डेमोक्रेटिक इन्जिनियर्सहरुको उपस्थिति उक्त भेलामा हुने आयोजकले जनाएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औं केन्द्रीय तथा लुम्बिनी प्रदेशको तेस्रो कार्यकारिणी समितिको निर्वाचन यहि भदौ २८ गते हुँदै छ । सोही सन्दर्भमा देशभरका डेमोक्रेटिक इन्जिनियर्सहरुको भेला आयोजना गरिएको ई.सुरेन्द्र बोहराले जनाकारी दिए । ‘भेलाको माध्यमबाट उम्मेदवार र मतदाताबीच राम्रो परिचयात्मक कार्यक्रम हुन्छ र डेमोक्रेटिक उम्मेदवार को को छन् भन्ने कुरा पनि सबैले थाहा पाउने गरी यो भेला आयोजना गरिएको हो ।
नेपाल इन्जिनियर्स एसोसिएसन ३४औं केन्द्रीय तथा लुम्बिनी प्रदेश तेस्रो कार्यकारिणी समितिको निर्वाचनमा केन्द्रीय अध्यक्षका रुपमा ई.सुवास चन्द्र बरालले उम्मेदवारी दिएका छन् । त्यस्तै सभापतिमा ई.महेश्वर लम्साल, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा ई.आकाश बर्मा, उप–सभापतिमा ई.शिव प्रसाद तिवारी, सचिवमा ई.प्रवेश पौडेल, सहसचिवमा ई.संकल्प बुढाथोकी र कोषाध्यक्षमा ई.प्रविन सापकोटाको उम्मेदवारी रहेको छ ।
त्यस्तै सदस्यहरुमा ई.क्रितेश कुमार श्रेष्ठ, ई.दिपेश गौतम, ई.कमल राज ढुंगाना, ई.अफजल मोहम्मद हलवाई, ई.जीवन पाण्डेय, ई.अम्बिका ढुंगाना, ई.दैवज्ञराज जोशी, ई.रुपेश परियार, ई.सुरक्षित ज्ञवाली र ई.सुचित विष्टको उम्मेदावारी रहेको छ ।