बाँके –
सामुदायिक सशक्तिकरण तथा रुपान्तरण कमिट नेपाल, बाँकेको १७औं साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ ।
कमिट नेपाल बाँकेका अध्यक्ष प्रकाश बादीको अध्यक्षतामा आयोजना भएको साधारण सभामा लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले संस्थाको विस्तृत जानकारी, उपलब्धी, प्रभाव र चुनौतिबारे जानकारी दिए । कोषाध्यक्ष शान्ता नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन ।
साथै आर्थिक वर्ष २०८०/२०८१ को १ करोड ६६ लाख ४८ हजार २ रुपैयाँ ९३ पैसा अनुमोदन गरियो र आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि २ करोड ६५ लाख ६५ हजार ७ सय १३ रुपैयाँ ७६ पैसा अनुमानीत बजेट सभाबाट पारित गरियो छ ।
कार्यक्रममा सरोकारवालाहरु, अतिथि, लक्षित समुदाय, बोर्ड तथा साधारण सदस्यहरु गरी करिब एक सय जनाको उपस्थिति रहेको थियो ।