बाँके –
प्रभावकारी परिवर्तनको लागि अधिकारमा आधारित तीनदिने पैरवी तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्जमा भदौ १८ गतेबाट शुरु भएको तालिमको आज समापन गरिएको हो ।
सिमान्तकृत तथा अल्पसंख्यक समुदायको लागि गठन गरिएका पालिका स्तरीय र जिल्ला स्तरीय समन्वय मञ्चका सदस्य तथा पदाधिकारीहरुको सहभागीता तालिम संचालन गरिएको थियो । २६ जना प्रशिक्षर्थीको तालिममा सहभागीता थियो ।
तीन दिनसम्म संचालन गरिएको तालिममा मानव अधिकार, सिमान्तकृत तथा अल्पसंख्यक समुदायको लागि भएका संवैधानिक व्यवस्था, यस समुदायका सवालहरु, जेड्सी, जनवकालत, नेतृत्व र पैरवीका विषयमा सामुहिक कार्यलगायत गरी सिकाइएको सहभागी तालिम अवधीका प्रशिक्षक जीवन गिरीले बताए ।
समुदायस्तरका यी समुदायलाई न्याय दिनको लागि संवैधानिक रुपमा प्रदान गरिएको अधिकारमा आधारित रहेर पैरवी गर्नको लागि यस सिकाइले महत्वपूर्ण भूमिका खेल्ने कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले बताए ।
यस्तै तालिमको समापन समारोहमा बोल्दै कमिट नेपालका अध्यक्ष प्रकाश वादीले समुदाय स्तरमा रहेर काम गर्ने व्यक्तिहरुलाई यस तालिमले सक्षमता प्रदान गरेको बताए ।