बाँके –
गुरुकुल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन प्रदिप चौधरी सर्वसम्मत भएका छन् । बिहीबार नेपालगन्जमा सम्पन्न १४औ साधारण सभाले चौधरीलाई पुनः अध्यक्ष पदका लागि सर्वसम्मत गरेको गुरुकुल सहकारीका कर्जा प्रमुख विष्णुनाथ योगीले जानकारी गराएका हुन् ।
त्यसैगरी सभाबाट उपाध्यक्षमा सुवेक्षा श्रेष्ठ, सचिवमा समिर गिरि र कोषाध्यग्मा पूजा गुप्ता सर्वसम्मत भएका छन् । साथै सदस्यहरुमा उमा गौचाल, रंजित लखेर र अनिल पूर्वाल सर्वसम्मत भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा भने सुरेन्द्र सिंह सरदार र सदस्यहरुमा लक्ष्मी देवी योगिनी, राजेस वैश्य सर्वसम्म चयन भएको योगीले जानकारी दिए ।