भिष्म लोध
मुलकुभर एसइइको नजिता न्यून देखिँदा सामुदायिक विद्यालयको अवस्था भने झन नाजुक देखियो । नेपालगञ्जमा पनि यस्तै । विशेषगरी कमजोर आर्थिक अवस्था र नियमित विद्यालय जाने वातावरण नै नभएका कारण यस्तो भएको हो ।
विद्यार्थीहरुलाई अभिभावकले प्रोत्साहन गर्न सकेका छैनन् भने विद्यार्थीले पढ्ने वातावरणसमेत पाउन सकेका छैनन् । यस्तो नजिता आउनुमा कोभिडको प्रभाव पनि छ । कोभिडकै बेलादेखि विद्यार्थीले राम्रोसँग पढ्न पाएका छैनन् । दुई वर्ष कोरोनामै बित्यो । त्यसैको क्षतिपूर्तिबापत अहिलेको नतिजा आएको हो ।
जति मेहनत गर्नुपर्ने थियो त्यो सबैतिरबाट हुन सकेन र अर्कोतिर बच्चाहरुले पढ्नुपर्छ भनेर मेहनत गरेको देखिँदैन । कोरोनाकालकै बेलादेखि मोबाइल चलाउने बानीको विकासले पनि शिक्षामा अलि बढी प्रभाव परेको देखिन्छ ।
सुधारका लागि के गर्ने ?
यसका लागि अभिभावक अलि बढी सक्रिय हुन जरुरी छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको भूमिका राम्रो हुनुपर्छ । उहाँहरुको भूमिका भनेको विद्यालयको शैक्षिक गुणस्तर बढाउनु हो । शिक्षा नियमावलीका अनुसार शिक्षक अभिभावक संघले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि महत्वपूर्ण कार्य गर्नुपर्छ ।
यस्तै शिक्षक, अभिभावकहरुसँग छलफल गर्ने, अभिभावकलाई आफ्ना बाल बच्चालाई नियमित विद्यालय पढाउने भूमिका निर्वाह गर्न जरुरी छ । व्यवस्थापन समितिले विद्यालयको व्यवस्थापन कार्यमा सक्रिय हुनुपर्छ । त्यसका लागि समितिका सबै सदस्यहरुलाई गर्नुपर्ने कार्यहरुका बारेमा तालिम गरिएका हुन्छौं ।
विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण कुराहरुः भौतिक सुधार, खानेपानी, शौचालय, विद्यार्थी र शिक्षकहरुको नियमितता, शिक्षकहरुले कसरी अध्यापन गराउँछन्, यी सम्पूर्ण कुराहरुको व्यवस्थापन समितिले गर्नुपर्छ । नगरपालिकाले त केवल आवश्यक परेको अवस्थामा सहयोगी कार्य गर्ने मात्र हो ।
यसका लागि समुदाय स्वयं लाग्नुपर्ने हुन्छ । समुदाय लागेन भने विद्यालय राम्रो बन्दैन । विद्यालय समुदायको हो । यसको सुधारका लागि समुदायका व्यक्ति, अभिभावक, शिक्षक, नेतृत्वकर्ता, विद्यार्थी सबैको सक्रियता जरुरी हुन्छ । विद्यार्थीले पढ्नुपर्छ र अभिभावकले पनि बालबालिकाले कस्तो पढेको छ ती कुराको ध्यान दिनुपर्छ ।
बच्चाहरु विद्यालय गएको÷नगएको सबै कुरा अभिभावकले खोजिनिती गर्नुपर्छ । कहिँ न कहिँ यस्तो कुरामा त्रुटि छ शिक्षकले बच्चाको क्षमता मुल्याँकन गरेर कक्षा संचालन गर्नुपर्छ । विद्यालयमा नियमित आउने वातावरण बनाउने, प्रधानाध्यापकले पनि यस्ता कुराहरुको व्यवस्थापन गर्नुपर्छ । राम्रो बनाउन विद्यालय वरपर रहेको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक, विद्यार्थी सबैको सक्रियता जरुरी छ ।
शिक्षकमाथि दोष लगाउनु कत्तिको उचित ?
यो किन भयो भने अभिभावकले आफ्नो भूमिका निर्वाह नगरेका कारण यस्तो भएको हो । विद्यालयको शैक्षिक गुणस्तरमा निभाउनुपर्ने भूमिका सबै पक्षले निर्वाह नगर्दा नै यस पटकको नतिजा राम्रो नदेखिएको हो । बच्चाहरु विद्यालय जान्छन् वा जाँदैनन्, घरमा अध्ययन गर्छन् वा गर्दैनन् भन्ने कुरा खै त अभिभावकले हेरेको ? कहिले यसमा ध्यान दिनुभयो त ? शिक्षकहरु पनि जिम्मेवार छन् तर सबै हैन । शिक्षकले सहजीकरण गर्ने हो । विद्यार्थीले नजानेको अवस्थामा सिकाउने हो, उसको समस्या समाधान गरिदिने, सिकाईमा सहयोग गर्ने हो ।
दिमागमा कम्प्यूटर जस्तो सेभ त शिक्षकले गरिदिन सक्दैन् नि । त्यसकारण अभिभावकले बच्चाले कत्तिको जानेको छ भन्ने कुराको मुल्याँकन गर्दै बच्चाले पनि अध्ययन गर्ने गनुपर्ने जरुरी छ, त्यसमा अभिभावकको निगरानी पनि उत्तिकै महत्वपूर्ण छ ।
निजी विद्यालयको पनि अवस्था किन खस्कियो ?
निजी विद्यालयमै पढ्ने बच्चाहरुलाई अभिभावकले राम्रो केयर गरेका छन् भन्ने छैन् । निजीमा पढाएका सबै अभिभावकले आफ्नो बच्चा कस्तो पढेको छ भन्ने कुराहरु निगरानी गरेका छैनन् । कतिपय अभिभावकले बच्चालाई निजीमा पढाए पनि आफ्नो काममा व्यस्त छन् । कति अभिभावकले त आफ्नो बच्चा के गर्छन भने पढ्न लगाएर आफूहरु मोबाइलमा व्यस्त हुन्छन् । आफ्नो काममा व्यस्त हुने, बच्चाले के गरेको छ केयर गर्दैनन् ।
पैसा तिर्दैमा राम्रो हुन्छ भन्ने हुन्न । नियमित विद्यालय गएर मात्र पनि हुँदैन् । बच्चाले मेहनत नगरेका कारण, कतिपय कर्मचारी, व्यापारीहरुले बच्चाको पढाईमा ध्यान नदिइएकोले यस्तो अवस्था देखिएको हो ।
निजी विद्यालयको शुल्क विषयमा कुरा गर्दा यो शैक्षिक शत्रको शुरुमा केही विद्यालयले बढी लिएको देखिएको थियो । नगरले शुल्क तोकेपछि त्यो भन्दा बढी लिएको देखिएको छैन । कसैले त्यस्तो लिएको जानकारी छ भने हामीलाई जानकारी दिनुभएको खण्डमा आफुहरुले सच्याउन लगाउने छौं । यो बिचमा दुई वटा विद्यालयमा यस्तो समस्या आएको थियो भने त्यहाँ मेयरको नेतृत्वमा बैठक बसेर तत्कालै सो समस्या समाधान गरेका छौं ।
यस्तो भेटिएको खण्डमा पहिलो पटक मोका दिने र अर्को पटक कारवाही नै गर्ने छौं । नेपालगञ्जमा सामुदायिकभन्दा संस्थागत विद्यालयमा बच्चाहरुको उपस्थिति बढी रहेको देखिन्छ ।
नगरस्तरीय शिक्षा समितिको अनुगमनको प्रभावकारी कस्तो ?
विद्यालयको मापदण्डभित्र नरहेको विद्यालयमा बच्चाको भर्ना गरिनु हुँदैन । न्यूनतम माण्दण्ड अनुसार विद्यालयहरुको कुराहरु हेर्नका लागि नगरस्तरीय शिक्षा समितिले नियमित अनुगमन गरिरहेको छ । यो क्रममा मापदण्डमै रहेर विद्यालयहरु संचालन भएको देखिएको छ । यदी त्यस्तो विद्यालय भएको शंका लाग्छ वा लागेको छ जानकारी आएको खण्डमा अनुगमन गरेर सुधार गर्न लगाउन सकिनेछ ।
कम्पाटले शिक्षाको गुणस्तरमा प्रश्न ?
तल्लो कक्षाबाट नै बच्चाहरु स्वतः पास हुनुपर्छ भन्ने हेतुले यस्तो नियम बनाइएको हो । तर भविष्यमा गुणस्तरमा समस्या आउँछ । त्यसकारण तल्लो कक्षादेखि नै शैक्षिक सुधार गर्दै जानुपर्छ । निरन्तर विद्यार्थी मुल्याँकनले के खोजेको थियो भने क जानेपछि ख जान्न पाउनुपर्छ र अन्तिममा एक शैक्षिक शत्रमा बच्चा नियमित छ, सिकाई सबै भएको छ भने अर्को कक्षामा लाने भन्ने हो । तर हाम्रो बुझाई नपढेपनि स्वतः पास हुने भयो । यसकारण १ कक्षादेखि नै राम्रोसँग पढ्नुपर्छ ।
हाम्रो बेस भनेको तल्लो कक्षादेखि नै राम्रो हुनुपर्छ । सिक्नुपर्ने कुरा नसिकेकै कारण माथिल्लो तहमा कमजोर हुन्छ । अहिलेको सिकाई उपलब्धी कमजोर आयो भनेर नै सबै पास होउन भन्ने मक्सदले यो निर्णय सरकारले गरेको हुनुपर्छ ।
निजी विद्यालयको सामाजिक उत्तरदायित्व ?
नेपालगञ्जका निजी विद्यालयहरुले सामाजिक उत्तरदायित्व निभएका छन् । यो वर्ष कक्षा ११ छात्रबृतिको सिफारिस यहीबाट दिएका छौं । कक्षा १० सम्म वडाले सिफारिस गरेर विद्यालयमा पढाएपछि विद्यालयले दिने गरेको छ । कक्षा १० सम्म फरक वडाको बच्चा रहेको अवस्थामा नगरले सिफारिस गर्ने गरेको छ । विद्यालयहरुले १० प्रतिशत सामाजिक उत्तरदायित्वमा योगदान पु¥याउनुपर्ने हुन्छ त्यही अनुसार गरिरहेको शिक्षा शाखामा विवरण पनि आउने गर्छ ।
नेपालगञ्जमा विद्यालयको उपस्थिति
संस्थागत– ८२ वटा
सामुदायिक– ४३ वटा
धार्मिक–३५ वटा
२०८० को एसइइ नजिता
संस्थागत– आशाजनक
सामुदायिक–४० प्रतिशतसम्म राम्रो
शैक्षिक गुणस्तरका लागि सरोकारवालाको भूमिका ?
नेपालगञ्जको समस्या विद्यार्थीको नियमितता नै हो । भर्ना हुने तर पढ्न नआउने अवस्था छ । अझ सामुदायिक विद्यालयमा यो समस्या बढी नै छ । हामीले माथिल्लो कक्षा ८, १० र १२ को उपलब्धी मात्रै हेर्ने गरेका छौं । जबकी बाल विकास कक्षादेखि नै हामीले हेर्न जरुरी छ । संस्थागत विद्यालयमा १ कक्षा भन्दा पहिला ३ वटा कक्षामा अध्ययन गरिसकेका हुन्छन् । सामुदायिक विद्यालयमा बाल विकासमा सामान्य रुपमा अध्यापन हुन्छ । कक्षा १ देखि ३ सम्म सिक्नुपर्ने क देखि ज्ञ सम्म, १ देखि १०० सम्मका अंकहरु तिनै हुन् । त्यही शब्हरुले नै माथिल्लो कक्षामा सिक्न मद्दत गर्ने हो ।
त्यसकारण बाल विकासदेखि नै बच्चालाई बढी मेहनत गर्न जरुरी छ । अर्को कुरा माथिल्लो कक्षामा विद्यार्थीहरुको ध्यान मोबाईल फोनमा धेरै गइरहेको छ यसमा पनि अभिभावकले ध्यान दिन जरुरी छ । यस्तै व्यवस्थापन समितिले भौतिक तथा आर्थिक कुराहरुमा पनि ध्यान दिनुपर्ने हुन्छ । अन्य ध्यानभन्दा विद्यालयमा विद्यार्थीको नियमितता, कक्षाकोठामा सामाग्रीको उपलब्धता, बच्चाले कापी कलम लिएर आउँछन्, आउँदैनन् त्यस्ता कुराहरु अभिभावक र समितिले हुर्नुपर्छ । अनि मात्र शैक्षिक उपलब्धी हासिल गर्न सकिन्छ ।
नेपालगन्ज उप–महानगरपालिकाका नगर शिक्षा अधिकारी (उप–सचिव) गोर्खबहादुर थापासँग गरिएको कुराकानीबाट