काठमाडौं –
ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाएका छन् । सो क्रममा गोली लागेर तीन जनाको मृत्यु भएको छ ।
सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनामा ११ जना गम्भीर घाइते भएको जनाएको छ ।
ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ । अनुहार छोपेको सो व्यक्तिले सेनाको पोसाक लगाएको देखिएको छ । यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ ।
सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माइल उत्तरमा रहेको सानो शहर अराक्रुजमा सो आक्रमण भएको थियो ।