काठमाडौं –
काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एकजनाको ५० हजार रुपैयाँको लोभले हत्या भएको खुलेको छ । अनुसन्धान कार्यालय मिनभवनबाट अनुसन्धान गरिएको हत्या घटनामा सोही स्थानमा बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिले ५० हजार रुपैयाँको लोभमा सोही स्थानकी ९० वर्षीया वृद्धा डिल्ली पुतुवारको हत्यागरेको खुलेको हो ।
यसअघि ९० वर्षीया डिल्ली पुतुवारको शव गत मंसिर २२ गते सोही नगरपालिका–३ को पारीवनपाखा सामुदायिक वनको खोल्सामा भेटिएको थियो ।
मंसिर २० गते चिसापानी चप्पल कारखानामा राहत दिईराखेको छ भनेपछि वृद्धाले छिमेकी रहेका नरेन्द्रलाई सोही स्थानमा लगिदिन आग्रह गरेकी थिइन् । उनले वृद्धालाई जंगलको बाटो डो¥याउँदै लगेपछि जंगलमै ढुङगाले टाउँको र गर्धनमा हिर्काएर मारेको बयान प्रहरीसामू दिएका छन् ।
उनलाई बिहीबार प्रहरीले तारकेश्वर नगरपालिका–६ पुशल भन्ने स्थानबाट पक्राउ गरेको छ ।
नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको उनले प्रहरीसामू बताएको कार्यालयका प्रवक्ता एसपी कमल कोइरालाले बताए ।