बाँके –
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न ८ मा पालिका स्तरीय परिपालन अनुगमन गुणस्तरीय निगरानी तथा सरसफाइ सचेतना अभियान तथा सुरक्षित खानेपानी युक्त समुदाय सो—घोषणा कार्यक्रम आइतबार सम्पन्न भएको छ । महादेवपुरी कचनापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति राप्तीसोनारी ८ को आयोजना वडा नं ८ को कार्यालयको समन्वय युनिसेफ तथा खानेपानी महासंघ नेपालको सहकार्य भएको कार्यक्रममा राप्तीसोनारी ८ वडाका विभिन्न टोलहरुमा सरसफाइ गरिएको महादेवपुरी कचनापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति राप्तीसोनारी ८ सचिव शेर बहादुर घर्तिले जानकारी दिए ।
राप्तीसोनारी ८ को शसस्त्र प्रहरी क्याम्पदेखी प्रहरीचौकी ढकेरीसम्म ओभरीदेखी शिवशक्ति स्कुल सम्म,े र जिरो बजार सरसफाइ गरिएका थियोे । सरसफाइ अभियान शसस्त्र प्रहरी बल ४२ नं रिजर्व गण शम्शेरगजको टोली,खानेपानी महासंघ बाँकेका अध्यक्ष भद्र प्रसाद देवकोटा, लुम्बिनी प्रदेश कार्यक्रम संयोजक प्रेम न्यौपाने , सामुदायिक वन महासंघ नेपाल केन्द्र सदस्य डिल्ली गिरी,उद्योग वाणिज्य संघ राप्तीेसोनारीका अध्यक्ष टिकाराम ढुङ्गाना,दलित आयोगका पुर्व केन्द्रिय सदस्य लिलमान परियार महिला पन्चैबाजा संरक्षण समितिका पदाधिकारीहरु, स्थनाीयबासीहरु सरसफाइमा सहभागी थिए ।
सरसफाइ गरिएका वडा भित्रका खानेपानी धारा,शौचालय ,लगायतको अनुगमन गरिएको थियोे । वडालाई सरसफाइ युक्ति वडा घोषणा गर्न अभियान अन्तरगत सरसफाइ अभियान संचालन गरिएको महादेवपुरी कचनापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।