बाँके –
बाँकेको राप्ती सोनारी गाउँपालिका – २, राजपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २ सय १० जना विद्यार्थीहरुलाई सोमबार शैक्षिक तथा सरसफाइ समाग्री वितरण गरिएको छ ।
व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) ले ग्रामिण विकासका लागि चाइना फाउण्डेशनको सहयोगमा कक्षा शिशुदेखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई सो सामाग्रीहरु वितरण गरेको हो ।
वितरण कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अथिति बेस केन्द्र केन्द्रीय सदस्य तथा बेस महिला जागरण केन्द्रीय अध्यक्ष संगीता चौधरीले बेस संस्थाले राप्ती सोनारीका ५ वटा र नरैनापुरका २ वटा विद्यालयका गरी ७ वटा विद्यालयका २ हजार २ सय विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामग्री वितरण गर्ने कार्यक्रम रहेको बताइन । उनले चाइना फाउन्डेसनले खाजा खर्च कटाएर विद्यालयलाई सहयोग गरेको बताउँदै वितरण गरिएका सामाग्रीहरुले पठनपाठनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा विद्यार्थीहरु झोला, शैक्षिक सामाग्री स्वच्छता सामाग्री गरी १९ प्रकारका समाग्री वितरण गरिएको छ ।