बाँके –
बाँकेको कोहलपुर नगरपालिकाले यहि पौष ८ गतेदेखि छैठौंं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । ११ गतेसम्म संचालन हुने छैठौंं मेयर कप वडा नम्बर २ मा रहेको कृष्ण मावि कौशिलानगरमा आयोजना हुँदैछ ।
मेयर कपका लागि कूल ८ लाख ८५ हजारको व्यवस्था गरिएको छ । जसमा संघीय सरकारको तर्फबाट एक लाख, स्थानीय सरकारको तर्फबाट ६ लाख र ३७ विद्यालयको तर्फबाट एक लाख ८५ हजार रुपैयाँ व्यवस्था गरिएको छ ।
कृष्ण मावि कौशिलानगरका प्रधानाध्यापक दिलिप वलिका अनुसार संस्थागत २४ र सामुदायिक १३ गी जम्मा ३७ विद्यालयका ८ सय १९ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितमा एथलेटिक्सतर्फ १३ खेल, भलिवल र कबड्डी तर्फ २ खेल गरी जम्मा १५ खेल खेलाइने छ ।
कार्यक्रम जिल्ला समन्वय समिति बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ