सुर्खेत –
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा भोली (शुक्रबार) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुँदैछ । जसका लागि तयारी अन्तिम रचणमा पुगेको अयोजकले जनाएको छ ।
पुस ८ र ९ पुस गते वीरेन्द्रनगरमा अयोजना हुने साधारण सभाका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । साधारण सभाको उद्घाटनसत्र ८ पुस बिहान ९ बजे हुनेछ भने त्यसअघि बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी निकालिने छ ।
साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिए । महासचिवले पेश गरेको महासंघको सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदनमाथि बृहत् छलफलसमेत हुने जनाइएको छ ।
एक हजार तीन सय १६ साधारण सदस्य रहेकोमा यस अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए ।