बाँके –
बाँकेको नरैनापुर गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका ५ सय ४० जना विद्यार्थीहरुलाइ बिहीबार शैक्षिक तथा सरसफाई समग्री वितरण गरिएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) ले ग्रामिण विकासका लागी चाइना फाउण्डेशनको सहयोगमा सो विद्यालयका विद्यार्थीहरुलाइ सो सामग्रीहरु वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख तथा नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँपालिकाले शिक्षा क्षेत्रमा विषेश जोड दिएर अघि बढेको बताउँदै बेस संस्थाले गरेको कार्यक्रमको प्रशंसा गर्दै वितरण गरिएका सामाग्रीहरुले विद्यार्थीहरुको पठन पाठनमा सहजता थपिने बताए ।
कार्यक्रममा बोल्दै बेस केन्द्रीय सदस्य तथा बेस महिला जागरण केन्द्रीय अध्यक्ष संगीता चौधरीले बेस संस्थाले राप्तीसोनारीका ५ वटा र नरैनापुरका २ वटा विद्यालयका गरी ७ वटा विद्यालयका २२ सय विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामग्री वितरण गर्ने कार्यक्रम रहेको बताइन उनलेब चाइना फाउन्डेसनले खाजा खर्च कटाएर विद्यालयहरुलाइ सहयोग गरेको बताउदै वितरण गरिएका सामाग्रीहरुले पठनपाठनमा सहयोग पुग्ने बताइन् ।
विद्यार्थीहरु झोला,शैक्षिक सामाग्री स्वच्छता सामाग्री गरी १९ प्रकारका समाग्री वितरण गरिएको बेसकी संस्थाकी कार्यक्रम पिंकी डागी जानकारी दिइन् ।
कार्यक्रममा जनप्रतिनिधि ,कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, शिक्षक विद्यार्थीलगायतको सहभागीता रहेको थियो ।