एजेन्सी –
चीनमा फेरि कोभिड संक्रमणको दर तीव्र गतिमा बढ्दै गएको छ । कोभिड संक्रमित बिरामीले अस्पतालका शैयाहरु भरिएका छन् ।
चीनमा देखिएको कोरोनाको पछिल्लो लहरका विषयमा विश्व स्वास्थ्य संगठनले समेत चासो र चिन्ता व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनका अनसार संक्रमित बिरामीको संख्या कम बताए पनि सघन उपचार कक्षमा बिरामीको चाप अत्याधिक रहेको छ ।
चीनले सार्वजनिक गरेको तथ्यांकले पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु नभएको देखाइएको छ तर यस रोगको वास्तविक प्रभावका सम्बन्धमा डब्लुएचओले नै आशंका व्यक्त गरेको छ ।
हालैका दिनहरूमा बेइजिङ र अन्य शहरका अस्पतालहरू विरामीले भरिएका छन् । पछिल्ला दिनहरुमा चीन कोरोनाबाट नराम्ररी प्रभावित भएको छ । सन् २०२० देखि नै चीनले शून्य कोभिड नीति लागू गरी कडा स्वास्थ्य प्रतिबन्धहरू लगाएको छ ।
केही साता अघि चीनमा कोभिड प्रतिबन्धका विरुद्ध व्यापक प्रदर्शन भएपछि केही खुलुलो बनाइएको थियो । अहिले संक्रमण बढ्नुलाई त्यसैको असरका रुपमा अधिकारीहरुले हेरेका छन् ।