स्वास्थ्यको पहुँचका कुरा गर्दा अझै पनि नेपालका पहाडी जिल्लामा भन्दा तराई जिल्लामा बढी भएको पाइन्छ । पश्चिम क्षेत्रमा स्वास्थ्यको हब बनेको नेपालगन्जमा पश्चिम जिल्लाका धेरै नागरिक उपचारका लागि आउने गर्दछन् । भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाई भएको पहाडी जिल्लाका पालिकाहरुको भनाइ हुने गर्दछ । यद्यपि संघीय सरकार आइसकेपछि सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्डलाई पूरा गर्ने कोसिस सबै पालिकाले गरिरहेका छन् भने केही पालिकाले आफ्नो क्षमताअनुसार थप स्वास्थ्य सेवा दिएका पनि छन् । यसै वर्ष पहिलोपटक नलगाड नगरपालिकाले वडास्तरमा पुगेर महिलाको पाठेघरसम्बन्धी स्वास्थ्य शिविर नै आयोजना गरेको छ । विकट क्षेत्रमा भएता पनि नलगाडले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पु¥याउन काम गरिरहेको छ भन्न सकिन्छ । यसै सन्दर्भलाई लिएर नलगाड नगरपालिकाले स्वास्थ्यलाई जनताको पहुँचमा पु¥याउन के – के गरिरहेको छ भन्ने सन्दर्भमा नलगाड नगरपालिकाकी जनस्वास्थ्य निरीक्षक तप्तबहादुर चनारासँग गरिएको संवाद ।
नलगाडमा स्वास्थ्य संस्थाको अवस्था कस्तो रहेको छ ?
नलगाडमा १७ वटा स्वास्थ्य संस्थाहरु छन् । जसमा ७ वटा आधारभूत स्वास्थ्य इकाई केन्द्रहरु छन् भने ४ वटा सामुदायिक इकाईहरु छन्, ५ वटा स्वास्थ्यचौकीहरु छन् र नलगाडमा एउटा इमरजेन्सी सेवासहितको अस्पताल पनि रहेको छ । त्यस्तै १२ वटा नयाँ सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवा लिने नागरिकको संख्यामा वृद्धि भएको पाइन्छ । अर्को भनेको नलगाडमा सेवा प्रवाहका लागि १ जना डाक्टरसहित १० जना अहेव, २१ जना अनमी, १ जना पोषण स्वयम्सेवक, ३ जना सामाजिक परिचालक हुनु हुन्छ । हमीसँग एउटा एम्बुलेन्सको पनि व्यवस्था रहेको छ । प्रत्येक स्वास्थ्य संस्थामा नागरिक वडापत्र र उजुरी पेटिकाको पनि राखिएको छ । अहिलेको कुरा गर्दा सबै स्वास्थ्यचौकीमा इन्टरनेट व्यवस्था पनि भइसकेको छ ।
नलगााडले जनस्वास्थ्यका क्षेत्रमा के – के काम गरिरहेको छ ?
यो वर्षका साउनमा हामीले भाइरल ज्वरोको शिविर वडा नम्बर ५ मा सम्पन्न गरेका छौं । त्यतिखेर हामीले झण्डै २ सयको हाराहारीमा भाइरल ज्वरोका बिरामीहरु फेला पारेका थियो । नलगाडमा रगतको मात्रा कम भएका किसोर किसोरीको संख्या धेरै भएका कारणले यसलाई हामीले विद्यालय पोषण कार्यक्रमअन्तर्गत उनीहरुलाई आइरन र पोलिकेसिट वितरण गर्ने काम २ वर्ष अघिदेखि हामीले सुरु गरेका थियौं । नलगाडमा बहुक्षेत्रीय पोषण कार्यक्रम पनि संचालन भएको छ । नलगाडको १० लाख बजेट हामीले यसमा खर्च गरेका छौं । यसमा चाही हामीले करिब ५ जना सुत्केरी आमाहरुलाई स्थानीय खानाहरु वितरण गर्ने गरेका छौं ।
जनस्वास्थ्यका क्षेत्रलाई अझ प्रभावकारी बनाउन केही योजना लागू भएका छन् ?
हामीले अघिल्लो वर्षका डाटालाई समिक्षा गर्दै यो वर्ष हामीले कसरी काम गर्ने भनेर कार्ययोजना बनाएका छौं । त्यो कार्ययोजनामा हाम्रो पहुँचबाट टाडा रहेका बच्चाहरुलाई हामीले कसरी सेवा दिन सक्छौं भनेर तालिम राखेका थियौं । अर्को नलगाडको केन्द्रदेखि अलि टाढा रहेका वडा नम्बर ९, ११ र १२ मा ५ वर्षसम्मका बालबालिकालाई कसरी स्वास्थ्य सेवाको पहुँचमा ल्याउने भनेर कार्ययोजना बनाउँदै छौं । साथै हाम्र्रो नलगाड नगरपालिकामा १४÷१५ जनामा क्षयरोग देखिएको छ । अझ त्यहाँ अरु पनि क्षयरोगका बिरामी हुनसक्छन भनेर जुन वडामा बिरामीहरु बढी हुनुहुन्छ, त्यहाँ वरीपरी र त्यो टोल वा गाउँको नमुना संकलन गरेर परीक्षण गर्ने योजना गरेका छौं ।
नलगाडले स्वास्थ्य क्षेत्रलाई व्यवस्थापन गर्न सकेको हो जस्तो लाग्छ ?
यसमा समस्याहरु धेरै छन् तर सवल पक्षहरु पनि छन् । गतवर्षको वार्षिक समिक्षामा नलगाड नगरपालिका जिल्लामा दोस्रो भएको थियो । सायद हामीले केही राम्रो काम गरेका छौं, जस्तो हामीलाई अनुभुति हुन्छ । अर्को कुरा भनेको हामीसँग १७ वटा स्वास्थ्य संस्थाहरु छन्, सबैमा पक्की घरहरु छन् । हामीले स्वास्थ्य सेवाहरु आफ्नै संस्थाबाट दिइरहेका छौं । सेवाग्राहीले कसरी सोच्नु हुन्छ थाहा भएन तर हामीले सेवा दिए जस्तो लाग्छ मलाई ।
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन तपाईका केही सुझावहरु छन् ?
नलगाड नगरपालिकाभित्र स्वास्थ्य क्षेत्रलाई छुट्याइनुपर्ने बजेटमा कमी भएको मलाई महसुस भएको छ । किनकी स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट हुन पर्नेमा कुनै पनि पालिकाले छुट्याएको देखिँदैन ।
त्यस्तै नर्सिंग निरीक्षक भगवतीकुमारी बोहोरासँगको संवाद ।
नलगाडले स्वास्थ्य क्षेत्रबाट नियमित दिई रहेका सेवाहरु के – के छन् ?
एकदमै आधारभूत तहका सेवाहरु दिइन्छ, हाम्रोबाट । यसमा दिने सेवाहरुमा चाही सामान्य पोषणसम्बन्धी, सुरक्षित मातृत्वसम्बन्धी, परिवार नियोजनसम्बन्धी त्यसपछि गएर आधारभूत औषधि अनि सामान्य उपचारहरु गर्ने गरेका छौं । त्यहाबाट केही जटिलताहरु देखियो र हामीले उपचार गर्न नसक्ने अवस्था भयो भने तुरुन्त रिफर गर्दिरा हुन्छौं । योसँगै हामीले स्वास्थ्य शिक्षाहरु दिने, नियमित खोपहरु प्रदान गर्ने, सुरक्षित खानेपानीसम्बन्धी चेतना दिने कामहरु गरिरहेका छौं ।
नयाँ जनप्रनितिधि आएपछि यो वर्ष स्वास्थ्य क्षेत्रमा नलगाडले केही नयाँ सुरुवात गरेको छ ?
यो वर्ष हामीले तथ्यांकहरु टिपोट गर्ने तालिमहरु संचालन गरेका थियोे । हामीले आँखाका बिरामीहरुलाई रिफर गर्नु पथ्र्यो, यो वर्ष चाही नेपाल नेत्रज्योति संघसँग समन्वय गरेर हाम्रो नलगाड नगरपालिका मै आँखा उपचार केन्द्र स्थापना गरेका छौं । हामीले ३ दिनको आँखा शिविर संचालन गरेर आँखासम्बन्धी सामान्य समस्यालाई यहिँ उपचार गरेर यहाँ थप उपचार गर्न नसकिने समस्याहरुलाई सुर्खेत पठाएर उपचारसमेत गरेका छौं । पहिला चाहिँ पालिकाका अन्य ३÷४ ठाउँमा बिरामी छनौट गर्ने काम गर्यौ, त्यहाबाट छनौट भएर आएका बिरामीलाई चाही दल्लीमा शिविर संचालन गरेर सेवा दिइम् । सो समयमा ९७ जनालाई आँखाको उपचार गरेका थियौं र चस्मा पनि वितरण गरेका थियौं । ७ जनालाई सुर्खेतमा उपचार गरेका थियौं । त्यो बाहेक वडा नम्बर ७ दल्ली मानसिक स्वास्थ्य शिविर पनि यो वर्ष संचालन गरेको थियौं । सो समयमाा २० जनालाई सेवा दिइएको थियो भने वडा नम्बर १२ को तल्लो बगरमा चाही १३ जनालाई सेवा दिइएको थियो ।
नलगाडले मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी कार्यक्रम गरेको छैन ?
हाम्रो पालिकाले मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी कार्यक्रममा चाही जुन सुत्केरी आमा ढाडाबाट संस्थामा आउने तर आउँदा कहिले ब्यथा नलागेको हुने, कहिले बच्चा नजन्मिने समस्याले गर्दा उहाँहरु फर्केर जानुपर्ने बाध्यता थियो । जसले बाटैमा सुत्केरी हुने समस्या हाम्रोमा पनि भएका कारणले गर्दा पालिकाबाटै बजेट छुट्याएर सत्केरी हुन आएका आमाहरु र सुत्केरी भएका आमाहरुलाई केही दिन बस्ने व्यवस्था मिलाएका छौं । यो चाही वडा नम्बर ४ मा र वडा नम्बर ११ दुई ठाउँमा एक वर्ष पहिला सुरु गरेका थियौं । यसमा एउटा परिवार बस्न मिल्ने व्यवस्था मिलाएका छौं । यसमा हामीले बस्ने व्यवस्था, पकाउने व्यवस्था मिलाएका छौं । यसमा अर्को नयाँ के छ भने स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई संघीय सरकारले दिने २ हजार रुपैयाँ छँदैछ, यसमा नलगाडले प्रोत्साहनस्वरुप थप १ हजार रुयौयाँ दिने गरेको छ । यसले संस्थामा सुत्केरी हुने दर अलि बढेको जस्तो लाग्छ ।
नलगाडले स्वास्थ्यमा केही उपलब्धी गरेको छ ?
हामीले नलगाडलाई पूर्ण खोपयुक्त पालिका बनाउन सफल भएका छौं । २४ महिनासम्मका बालबालिका सबैलाई खोप पाए है भनेर यहि भदौमा सम्पन्न गरेका छौं ।
नलगाडले स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्छ जस्तो लाग्छ ?
हाम्रो चाही के छ भने, नलगाड नगरपालिकाको कर्मचारी व्यवस्थापन गर्दा स्वास्थ्य शाखासँग समन्वय गरेर व्यवस्थापन गर्नुपर्ने देखिन्छ । किनभने उहाँहरुले आफूखुसी व्यवस्थापन गर्दा स्वास्थ्य शाखाको काम कारबाहीमा असर पुगेको मैले महसुस गरेको छु । अर्को भनेको स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुका लागि संघीय सरकारबाट आउने यातायत खर्चको निकाशा अलि ढिला हुने समस्या देखिएको छ । किनभने साउनबाट सुरु हुन्छ नयाँ आर्थिक वर्ष, त्यहाबाट हामीले दिन सक्दैनौं, एकैपटक मंसिरमा आएर निकाशा हुन्छ । यसले गर्दा पहिलेका आमाहरुलाई २ हजार लिन फेरी आउँभन्दा उहाँहरुको खर्च पाउनुभन्दा धेरै हुने र उहाँहरुले दुःख पाउनुपर्ने अवस्था देखिएको छ । यसमा हामीले कोष स्थापना गर्न पाएको भए, उहाँहरुलाई उतिखेरै दिँदा सजिलो हुने थियो । अर्को भनेको हाम्रो औषधि व्यवस्थापनमा पनि समस्या देखिएको छ । पहिला हामीसँग ६ वटा स्वास्थ्य संस्था थियो र त्यही अनुसार बजेट आउने गथ्र्यौं । अहिले १७ वटा संस्था छन् । जति धेरै संस्था भयो त्यति नै सेवा दिनुपर्ने भएकाले उहाँहरुलाई औषधि वितरण गर्नुपर्यो । अघिल्लो वर्ष २० लाख रुपैयाँ आएमा यो वर्ष झन घटेर १५ लाखमात्र आएको छ । नलगारपलिकाले औषधि व्यवस्थापनका लागि अझ धेरै बजेट छुट्याएको भए हुन्थ्यो जस्तो मलाई लाग्छ ।