बाँके –
राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ८० करोड ९१ लाख २८ हजार रुपैयाँ बजेट ल्याएको छ । आइतबार राप्ती सोनारीले अयोजना गरेका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत कार्यक्रममा पालिकाकी उपाध्यष मनिषा सिंह थारुले आगामी वर्षका लागि चालूतर्फ ६३ करोड ६ लाख २८ हजार र पुँजीगततर्फ १७ करोड ५८ लाख गरी कूल ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
उपाध्यक्ष थारुले प्रस्तुत गरेको बजेटमा राप्ती सोनारीले कृषि तथा पशुपंछी विकासतर्फ २ करोड २० लाख रुपैयाँ बजेट विनियोजना गरिएको बताइन् । त्यस्तै थारुले सहकारी, वित्तीय तथा गै.स.स.विकास गर्न २ करोड २० लाख, भूमि व्यवस्थामा ३० लाख, उध्म विकासमा ४२ लाख, पर्यटन विकास तथा संस्कृति प्रवर्धनमा ५६ लाख रुपैयाँ विनियोजना गरिएको बताइन् ।
यसैगरी राप्ती सोनारीले आगामी वर्षका लागि शिक्षातर्फ उल्लेखनिय बजेट विनियोजना गरेको छ । थारुका अनुसार प्रस्तुत बजेटमा शिक्षाका लागिमात्रै ३५ करोड ९ लाख ३० हजार रुपैयाँ विनियोजना गरिएको हो ।
साथै स्वास्थ्यमा ७ करोड ३९ लाख १७ हजार, खानेपानीमा १५ लाख, महिला, बालबालिका तथा समाज कल्याणमा ४२ लाख, पूर्वाधार विकासमा १७ करोड ५८ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन १ करोड, वैकल्पिक उर्जा ८ लाख, न्यायिक समिति तथा मेलमिलाप केन्द्र स्थापनामा १५ लाख, सूचना प्रविधिको विकास र विस्तार गर्न ३५ लाख, समपुरक कोष १ करोड ७० लाख, कर्मचारी तलब भत्ता प्रशासनिक खर्चलगायतका लागि १३ करोड २३ लाख ७४ हजार विनियोजन गरिएको थारुले बताइन् ।
यस्तै उपाध्यक्ष थारुले न्यायिक समितिको प्रतिवेदन पनि सभामा प्रस्तुत गरेन् ।