बाँके –
असार १५ गतेको अवसरमा आयोजक दि एज एग्रो प्रालीले नेपालगन्जमा रोपाई फेस्टिभल आयोजना गर्दै छ । बुधबार पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै रोपाई फेस्टिभलको तयारी पूरा भएको आयोजकले जनाएको हो ।
युवापुस्तालाई कृषि र खेतिपातीसँग जोड्न र रोपाईलाई उत्सवको रुपमा मनाउने गरी तयारी गरेको र असार १५ गते युवापुस्ताले यस क्षेत्रका कृषक, विभिन्न संघ–संस्थाका प्रतिनिधि र बाँके दाङ तथा अन्य जिल्लाबाट पनि कार्यक्रममा रमाइलो गर्न सहभागीता जनाउने आयोजकले जनाएको छ । रोपाई महोत्सवमा धान रोपाईसंगै संस्कृतिक नृत्य, हिलो खेल्ने कार्यक्रम, डोरी तानातान कार्यक्रम, लाइभ म्युजिक, डीजे सेसनसहित पन्चे बाजाको आकर्षणसमेत रहेको आयोजकको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिका – १९ मा आयोजना हुने रोपाई महोत्सवको लागी तीन बिगाह क्षेत्रफलमा खेत तयार गरिएको आयोजक संस्थाका संचालक दिनेश थापाले बताएका छन् ।