बाँके –
बाँकेमा पहिलोपटक ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम लागू हँुदै छ । आर्थिक वर्ष २०८०÷८१ को साउन १ गतेदेखि लागू हुने यस सिस्टममा राजस्व सिधैं बैंकमा जम्मा गर्न सकिने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
अब सवारी दुर्घटना र मापसे बापत संकलन हुने राजस्व सिधैं बैकमा जम्मा गर्न सकिने भएको छ । ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज र चिसापानीमा ट्राफिक प्रहरीबाट हुने कारबाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट तिर्ने व्यवस्था ल्याइएको हो ।
यदि ट्राफिक प्रहरीको अनलाइनबाट भुक्तानी गर्न इच्छुक नभएका व्यक्तिहरले राष्ट्रिय वाणिज्य बैंकमा भौचरमार्फत रकम भुक्तान गरी सम्बन्धीत कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सकिने व्यवस्थासमेत ल्याइँदै छ ।
यसका लागि मापसेमा परेका व्यक्तिहरुले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षामा अनिवार्य सहभागिता हुनुपर्ने छ भने सो कक्षा दैनिक बिहान ८ बजे संचालन हुँदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।
यो सेवा लुम्बिनी प्रदेशका बाँके, दाङ र रुपन्देही जिल्लामा एकैसाथ संचालनमा ल्याइन लागिएको हो ।