बाँके –
गत राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल भएको पुष्टि भएको छ ।
भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको साढे चार किलो पहेँलो धातु जफत गरेको थियो । थाई नागरिकले उक्त वस्तु सुन भएको बताएका थिए ।
आफू धार्मिक प्रयोजनका लागि लागि नेपाल आएको बताएका उनले ल्याएको सो धातु त्रिपुरेश्वरस्थित रहेको भन्सार विभागमा जाँच गरेर उनलाई नै फिर्ता दिइएको बताइएको छ ।