बाँके –
खजुरा गाउँपालिकाले आर्थिक वर्ष ०७९/८को वार्षिक समिक्षा बैठक बुधबार सम्पन भएको छ । बैठकमा गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।
समिक्षा बैठकमा पालिकाका विभिन्न शाखा प्रमुख तथा वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका प्रस्तुत गरेका थिए । योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने, आन्तरिक भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो ।
सो अवसरमा राजस्व असुलि, करका दर र दायराहरूको विस्तार र विकासका साथै सामाजिक सुरक्षा र सुशासन प्रबाह गर्न भुमिका खेल्ने बताइएको छ ।
वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले समग्रमा आर्थिक वर्ष ०७९/८० उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न नसकिएका विकास निर्माण तथा सेवाप्रबाहलाई प्रभावकारी ढंगले अगाडि बढाउन सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिए । अध्यक्ष विकले जिम्मेवार भई सेवा प्रबाह र सुशासन कार्य गर्न आग्रह गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह गरे । उनले आफू र जन प्रतिनिधीहरूले हर तवरको सहयोग पुराउने बताउँदै उच्च मनोवलका साथ कार्य सम्पादनमा लाग्न कर्मचारीहरुलाईआग्रह गरे ।
बैठकमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले व्यवस्थित ढंगले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुन पर्ने बताइन् ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले प्रगति समिक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनबद्द ढंगले चालु आर्थिक वर्षका गतिबिधीहरू अगाडी बढाएर काम गर्न सबै लाग्नुपर्ने बताए ।
वार्षिक समिक्षा बैठकमा वडा अध्यक्षहरूका साथै शाखाका कर्मचारीहरूले विषयगत समिक्षा, समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए।