दाङ –
दाङमा प्रतिवन्धित लागूपदार्थ ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका ५ अर्नवा निवासी बालिका सुनार, सोही वडाको कोईलाबास रोड निवासी राउडी भन्ने विक्रमकुमार गुप्ता र बर्दाघाट नगरपालिका ६ कैलाली सुगरखालका समिर कठरिया रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई हस्पिटल जाने बाटोछेउबाट ६ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको अबैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई जिल्ला अदालत, घोराही दाङबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान प्रकिया अगाडी बढाएको जिप्रका दाङका प्रवक्ता राजन कुमार गौतमले बताए ।
त्यस्तै पक्राउ परेका मध्य बालिका सुनार यो भन्दा पहिले पनि लागुऔषध कारोबारमा पक्राउ परिसकेकी हुन । उनी धरौटीमा रिहा भएकी थिईन ।